नेपाल पत्रकार महासंघ सर्लाहीका नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम आज हुँदै छ ।सदरमुकाम मलंगवामा आज दिउँसो नयाँ निर्वाचित कार्य समितिलाई पदहस्तान्तरण, महासंघको जिल्ला कार्य समितिले प्रकाशित गरेको पुस्तक विमोजन र स्वर्गिय गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह आयोजना गरिएको अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्री नेतृत्वको कार्य समितिले अब आजबाट ओमप्रकाश ठाकुर नेतृत्वको नवनर्विाचित कार्य समितिलाई पदभार हस्तान्तरण गर्न लागेको हो ।नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा पदस्थापना कार्यक्रम आयोजना गरिएको महासंघको जिल्ला कार्य समितिले जनाएको छ ।