नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।हिजो दिउँसो सलेमपुरको पिडारी चोकमा मलङ्गवाबाट कविलासीतर्फ जाँदै गरेको बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकल जुध्दा चार जना घाइते भएका थिए । घाइतेमध्ये बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल पछाडि सवार चक्रघट्टा गाउँपालिका–८, औरही बस्ने ५० वर्षीय विनोद राउतको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।टाउको, नाक, चिउडो, दुवै हात र खुट्टामा चोट लागेर घाइते राउतको उपचारका क्रममा आज मध्यान्ह न्यूरो अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । उपचारका क्रममा मृत्यु भएका राउत सवार मोटरसाइकलका चालक चक्रघट्टा गाउँपालिका–८, औरही कै ४० वर्षीय ओमशङ्कर साह र बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकलका चालक गोडैता नगरपालिका–७, जानकीटोल बस्ने रामसिंहासन राउतको वीरगन्जमा उपचार जारी रहेको डिएसपी राईले बताए ।रामसिंहासनले चलाएको मोटरसाइकल पछाडि सवार गोडैता नगरपालिका–७, जानकीटोलकै २० वर्षीय गुल्शन महतो प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।ाइते