नेपाल तामाङ घेदुुङ बागमती नगर समितिको अध्यक्षमा रोशन दोङ तामाङ चयन भएका छन् ।हिजो बागमती १ स्थित सीता प्यालेस होटलमा सम्पन्न घेदुुङको तेस्रो नगर अधिवेशनले दोङको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय नगर समिति गठन गरिएको हो । घेदुुङ बागमतीको नवगठित समितिको उपाध्यक्षमा अशोक घिसिङ र फूलमाया वाइबा, सचिवमा चन्द्रबहादुर जिम्बा, सहसचिवमा किर्तिमान घिसिङ, कोषाध्यक्षमा सर्मिला स्याङतान लगायत अन्य सदस्य रहेका छन् ।नगर अध्यक्ष जयबहादुर गोलेको अध्यक्षता तथा केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यता, कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा र सर्लाही घेदुुङका अध्यक्ष वुद्ध थिङको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।