होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले होटल व्यवसायी मुकेश प्रजापतिमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

संघले गएसाँझ प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिएर कानूनी कारवाही अघि बढाउन र होटल तथा पर्यटन व्यवसायीलाई सुरक्षा प्रदान गर्न माग गरेको हो । संघका जिल्ला अध्यक्ष राजेश कुमार शर्माले हस्ताक्षर गरी जारी गरेका विज्ञप्तीमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सदस्य प्रजापतिमाथि फागुन २१ गते राति साँढे १० बजे मलंगवा नगरपालिका १० स्थित जानकी पार्टी प्यालेस अगाडि ज्यान मार्ने उद्देश्यका साथ कुटपीट भएको उल्लेख छ ।

उक्त घटनाका दोषीलाई हालसम्म कानूनी दायरमा नल्याइएकोप्रति होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले आपत्ति जनाएको छ ।