सिअहेबर सिअनमि चौथो पाँचौँ जिल्ला स्तरीय संघर्ष समितिले आज प्रमुख जिल्ला अधिकारीलाई आफ्ना विभिन्न मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ।सर्लाहीका २० वटै पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूले सेवा शर्त, समायोजन, तथा अन्य अधिकार सुनिश्चित गर्न पहल गरिदिन प्रशासनसमक्ष आग्रह गरेका छन्।

मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। मधेश प्रदेशका ८ वटै जिल्लाका सि।अ।हे।ब। र सि।अ।न।मि। स्वास्थ्य कर्मचारीहरू एकजुट भई प्रदेशस्तरीय संघर्ष समिति गठन गरी प्रदेश लोक सेवा आयोग जनकपुर, मधेश प्रदेश गृह मन्त्रालय, तथा मुख्यमन्त्री कार्यालय मा पनि पत्र बुझाइसकेका छन्।

हाल चौथो तहबाट हुने प्रवेश प्रक्रिया खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी परिवर्तन गर्नुपर्ने। स्थानिय सेवा गठन तथा सञ्चालन ऐन २०७१ को दफा २९ उपदफा २ मा उल्लेखित बाध्यत्मक वाक्यांश हटाइनुपर्ने।
विगतदेखि पाउँदै आएको २ तह स्तरवृद्धि पाउनुपर्ने उनीहरुको माग छ । गत चैत्र ६ र ७ गते बसेको प्रदेश सभा बैठकमा पनि मागहरू पेश नभएकाले स्वास्थ्यकर्मीहरूले चैत्र ८ गते एक दिने धर्ना दिएका थिए। तर, प्रदेश सरकारको ध्यानाकर्षण नभएपछि आगामी चैत्र २५ गतेदेखि प्रदेश सभा र मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने चेतावनी संघर्ष समितिका अगुवा सञ्जय कुमार रायले दिएका छन्।
संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।