सर्लाहीको बरहथवामा रहेको एक तेल कम्पनिमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको छ ।

बरहथवा नगरपालिका–१०, कटानी जाने चोकमा आत्माराम रायले सञ्चालन गरेको ओमप्रकाश हर्बल इन्डष्ट्रिजमा आगलागीबाट ठूलो क्षति पुुगेको हो । आगलागीबाट उद्योगभित्र राखिएको विभिन्न सरसामग्री जल्दा १२ लाख ३२ हजार रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ । गएराति ११ बजेदेखि सुरु आगलागी नियन्त्रण गर्न तीन घण्टा भन्दा बढी समय लागेको थियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा तेल उत्पादक कम्पनिमा भएको आगलागी नियन्त्रणमा लिइएको हो ।