मैथिल प्रवद्र्वन समिति सर्लाही मलंगवाको नव निवार्चित पदाधिकारीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
मलंगवा स्थित नव निर्मित बिद्यापति सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरिएको हो ।
गत चैत्र ३१ गते भएको निर्वाचनले नरेश झा अध्यक्ष रहने गरी २५ सदस्य सर्वसहमत निवार्चित भएको थियो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष संजय झा, उपाध्यक्ष बंदना झा,सचिब मुकेश मिश्र,सहसचिव ओमप्रकाश शर्मा, कोेषाध्यक्ष सचिन्द्र कुमार झा, सदस्य आकाश कुमार मिश्र लगायत समितिलाई पद तथा गोप्यनियताको सपथ ग्रहण गरेका हुन् ।

नव निर्वाचिति पदाधिकारीलाई निर्बाचन अधिकृत अमरकान्त झाले प्रमाण पत्र प्रदान गर्नुभएको हो । साथै मैथिल प्रवद्र्वनका निर्वाचन समितिका उग्रकान्त झाले सपथ गराएका हुन् ।
निर्वतमान अध्यक्ष उमेशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाहीका विभिन्न ठाउँका मैथिल ब्रहमणहरुको उपस्थ्तिी रहेको थियो ।
संस्थाका उपाध्यक्ष एवम् नेपाल पत्रकार महाँ संघका जिल्ला उपाध्यक्ष बन्दना झाले नयाँ नेतृत्वलाई सफल बनाउने र जिल्लाभरि मैथिली सिर्जनशीलता र एकतालाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।