सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

शनिवार बाराको कलैया उपमहानगरपालिका ( २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका – १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ९डिएसपी० किशोर लम्सालका अनुसार मन्त्री यादव र प्रमुख सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गरेको गुनासोको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो । उनीसँग अहिले सोधपुछ चलिरहेको उनले जानकारी दिए ।