जिल्ला सर्लाही ईश्वरपुर नगरपालिकाको आयोजना तथा ग्रामीण नारी उत्थान संघ हरिपुर नगरपालिका वडा नंबर -०२,सर्लाहीको सहयोगमा आज बाट विधिवत रूपमा अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय नारा: “प्रविधिको सहि प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ सुरुवात भएको छ । यस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० तारीक डिसेम्बर ( २०८२ मंसिर ९ गते देखी २४ गते) सम्म पालिका स्तरमै बृहत रुपमै अभियानकै रुपमा संचालन हुने कुरा ईश्वरपुर नगरपालिकाले जानकारी गराउनुभयो। यो अभियान भोलि देखि सञ्चालन हुनुपर्ने भएतापनि भोलि हुने विवाह पञ्चमीको सार्वजनिक विदाको कारणले आज बाट सञ्चालन गरेको कुरा नगरपालिकाले जानकारी गराउनु भएको थियो । यस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य, नगर उप-प्रमुख रञ्जिता देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साह, वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुख, ECCD का सहजकर्ता , विद्यालय स्तरमा अध्ययनरत बालबालिकाहरू, साझेदार संस्था ग्रामीण नारी उत्थान संघ हरिपुर -०२ ,सर्लाहीका कर्मचारीहरु, समुदायका सहभागीहरू लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । यस अभियानले लैङ्गिक हिंसामा परेका व्यक्तिहरूका लागि आवाज उठाएको र समुदायमा विभिन्न स्तरमा लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई हिंसा बाट जोगाउन सक्ने र यो अभियानले समुदायमा सकारात्मक परिवर्तन गर्ने हेतु विश्वासका साथ यो अभियान सञ्चालन गरेको कुरा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आदरणिय व्यक्ति मनोज कुमार आचार्यले जानकारी गराउनु भयो । यस अभियान अन्तर्गत ३१ जना ECCD सहजकर्ता हरुलाई सम्मान स्वरूप दोसल्ला ओढाएर पालिकाले १-१ थान साईकल बितरण गरेको छ।