सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित बागमती सिँचाइ नहरको बाटोमा प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ३१ केजी ५९० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा गाँजा, मोटरसाइकल, मोबाइल, नगद तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट अनुसन्धान भइरहेको छ।