सर्लाही — नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय मधेश प्रदेश अन्तर्गत मलंगवा वितरण केन्द्रले कन्डक्टर अपग्रेडिङ कार्यका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

नवलपुर–मलंगवा ३३ के.भी. लाइनमा बाँकी रहेको कन्डक्टर अपग्रेडिङ (पुरानो तार हटाई नयाँ तार जडान) कार्य गर्नुपर्ने भएकाले २०८२/०९/१४ गते सोमबारदेखि २०८२/०९/१८ गते शुक्रबारसम्म मलंगवा वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा दैनिक बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत् सेवा अनियमित/अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

उक्त अवधिमा पर्ने असुविधाप्रति प्राधिकरणले ग्राहकसमक्ष क्षमायाचना गर्दै कार्य तोकिएको समयअगावै सम्पन्न भएमा वा स्थगित भएमा प्रत्येक दिन लाइन सुधारसहित सेवा सुचारु गरिने जनाएको छ।