लबन्दी नगरपालिका–१, नवलपुर बागवानीस्थित पूर्वपश्चिम राजमार्गमा गएसाँझ रात्रि बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

दुर्घटनामा पर्साको वीरगन्ज महानगरपालिका–१, छपकैया घर भइ नवलपुरमा बस्दै आएका ३४ वर्षीय सुनिल महतोको ज्यान गएको हो । महतोलाई प्रदेश २–०३–०१५ प ३३९६ नम्वरको मोटरसाइकलमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गर्दा विराटनगरबाट काठमाडौं हिँडेको लु. प ०३–००१ ख ०४३० नम्वरको बसले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनायो ।

बसको ठक्करबाट मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

बस र चालक इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ ।