सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। दिउँसो डुबेको सूचना पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।

खोजीका क्रममा साँझ शव फेला पारिएको हो। मृतकको पहिचान कौडेना गाउँपालिका–२ इनर्वा निवासी अन्दाजी २८ वर्षीय प्रेम कुमार यादवको रूपमा भएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।