सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसको ५औँ साधारण सभा उद्घाटन सत्र सम्पन्न भएलगत्तै बन्द सत्र स्थगित गरिएको छ।

क्याम्पस समिति अध्यक्ष नागेश्वर रायको अध्यक्षतामा क्याम्पस हलमा आयोजित कार्यक्रममा क्षेत्र नं. २ का नवनिर्वाचित सांसद रविन महतो, क्याम्पस प्रमुख राजेश कुमार यादव, मधेश प्रदेश सांसद कौशल किशोर राय, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, स्ववियु सभापति सुजित कुमार यादव लगायत नागरिक समाजका प्रतिनिधि, क्याम्पस समितिका सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने पछि गर्ने गरी स्थगित गरिएको स्रोतले जनाएको छ।