मलंगवा नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने विषयमा सरोकारवालाबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा भएको बैठकमा शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, न्यायिक समितिका सतनजीत मिश्र, महिला शान्ति केन्द्रका संगित पंजियार, मानव अधिकार रक्षक सञ्जालका मुकेश मिश्र, UNFPA का जिल्ला संयोजक बच्चालाल महतो, OREC सर्लाहीका जिल्ला संयोजक गुन्जा साह, पहिचान नेपालका अब्दुल सहम्द नगमा, दलित विकास केन्द्रकी दिवानी, इन्सेक सर्लाहीका बुधन साह, आशिष सामाजिक सेवा नेपालकी सर्लाही संयोजक दिलमाया जीसी, साहसी नेपालकी पबित्रा माझी, गोबिन्द पासवान तथा मलंगवा जुनियर जेसिजका पूर्व अध्यक्ष प्रिन्स गुप्तालगायतको सहभागिता रहेको थियो।

बैठकले असार मसान्तभित्र वडा नं. ८ लाई बालविवाह मुक्त घोषणा गर्ने निर्णय गर्दै बृहत अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको छ। साथै बालविवाह उन्मूलनका लागि उपप्रमुखको संयोजकत्वमा १५ सदस्यीय मूल समिति गठन गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालासँग सहकार्य आवश्यक रहेको उपप्रमुख साहले बताएकी छन्।