मकवानपुरको भीमफेदी गाउँपालिका(८ बैदमारस्थित तराई(मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा।प्र।०१(०३३च२१४४ नम्बरको योद्धा पिकअप ९फास्ट ट्रयाकको गाडी० सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका(९ भिमान बस्ने करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका(७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।

बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्टट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेनाको काठमाडौं(तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो । बुधबार राति दुर्घटना भए पनि उनीहरूलाई आज बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव हेटौंडा अस्पतालमै राखिएको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।