सर्लाही, असार ४ — दुई दिनअघि पक्राउ परेका गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता रिहा भएका छन्।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले गुप्तासहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो।

प्रहरी हिरासतमा रहेका गुप्ता बिहीबार रिहा भएको जनाइएको छ। रिहाइको कारण तथा घटनासम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ।