नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखा लालबन्दीले भोटेकोशी बाढी पीडितलाई सहयोग प्रदान गरेको छ ।

बाढी पीडितका लागि १४ बोरा चामल र १० बोरा चिउरा प्रदान गरिएको प्रतिष्ठानका सभापति शिवप्रसाद न्यौपानेले जानकारी दिए । लालबन्दीमा राहत संकलन भएको स्थानमा पुगेर उक्त सहयोग गरिएको हो । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतोलगायतलाई चामल र चिउरा हस्तान्तरण गरिएको प्रतिष्ठानका उपसभापति विक्रम भण्डारीले बताए ।

लालबन्दीमा तीन दिन लगाएर हिजोसम्म राहत संकलन गर्दा उलेख्य मात्रामा खाद्यान्न, कपडा, भाडा, ओड्नेओछ्याउनेलगायत प्राप्त भएको राहत संकलन कार्यका नेतृत्वकर्ता सीताराम दाहालले जानकारी दिए ।