हरितालिकाका तीजको अवसरमा पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको आज बिहानैदेखि ठूलो भिड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएकाछन् । पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् ।

व्रतालुहरू तीज गीतमा नाचगान गर्नुका साथै तीजलाई स्मरणीय बनाउन सेल्फी हान्नेहरूको भिड पनि उस्तै देखिएका छन् ।

पशुपतिनाथ मन्दिर लगायत तीज उत्सवमा रम्दै गरेका दृश्यहरूलाई कैद गर्न सेल्फी खिच्नेहरू पनि तँछाडमछाड गरिरहेका छन् ।

आफ्ना साथीसंगीदेखि लिएर आफन्तहरूलाई मोबाइलको सेटमा कैद गर्ने व्रतालुहरूको संख्या पशुपतिनाथ मन्दिर परिसरमा यत्रतत्र देख्न सकिन्छ ।