सर्लाहीको लालबन्दी र हरिपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमाआज९मंगलबार० शोक बिदा दिइएको छ ।

भोटेकोशी बाढीमा परेर यि दुई पालिकाभित्रका विद्यालयमा कार्यरत दुई जना शिक्षक सम्पर्कविहीन भएपछि परवारले जिवित रहेको आस मारेर काजकिरिया सुरु गरेपछि नगरपालिका कार्यालयहरुले सूचना जारी गरेर शिक्षकहरुप्रति श्रद्धान्जली व्यक्त गदै शोक बिदा दिएका हुन् ।

लालबन्दी ५ रन्जितपुरमा रहेको महेन्द्र आदर्श आधारभूत विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद धमला र हरिपुर ७ चिताइनमा रहेको लक्ष्मीनाथ जनता आधारभूत विद्यालयका शिक्षक द्धारिकाप्रसाद दंगालको निधन भएको भन्दै परिवारसमेत काजकिरियामा लागेपछि दुवै नगरपालिकाले आज मंगलबार एक दिन पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा बिदा दिएका हुन् ।

लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारी र हरिपुरका नगरप्रमुख गोपाल पजियारले सूचना जारी गर्दै शिक्षकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै मंगलबार सामुदायिक तथा निजी विद्यालयहरुमा शोक बिदा दिएको उल्लेख गरेका छन् ।