कान्तिपुरका स्तम्भकार चन्द्रकिशोरलाइ पितृशोक परेको छ । सर्लाहीको बलरा नगरपालिका(४ जब्दी स्थायी घर भएका चन्द्रकिशोरका पिता राजेन्द्र झाको शनिबार वीरगन्जमा निधन भएको हो ।

वरिष्ठ पत्रकार एवं मधेश मामिलाका जानकार चन्द्रकिशोरले ९२ वर्षको उमेरमा बुवाको निधन भएको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालयबाट सेवानिवृत भएका झा केही समयदेखि पिसाबसम्बन्धी रोगसँग जुध्दै थिए । उनी वीरगन्जस्थित घरमा बसेर उपचार गराइरहेका थिए ।

झाको दाहसंस्कार पछि काजकिरिया बलराबाट भइहेको छ । परिवारका सदस्यका अनुसार झाका पत्नी तथा चन्द्रकिशोरसहित तीन छोरा र दुई छोरी छन् ।