लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आगामी असोज ३ गतेलाई कालो दिनको यथावत् राख्दै शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको पत्रअनुसार पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा भातृ/शुभेच्छुक संगठन प्रमुखहरूको बैठकले जेन-जेड आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो।

सो दिन पार्टीका नेता तथा कार्यकर्ताहरूले कालो पट्टी बाँधेर शोक दिवस मनाउने पनि निर्णय भएको छ। पार्टीले दिवंगत आत्माको चिर शान्ति तथा शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।