सर्लाही, मलंगवा — टाटा पेन्टसको आधिकारिक डिलर कृष्ण एण्ड लक्ष्मी जनरल अर्डर सप्लायर्स मार्फत अब सर्लाहीमा शाखा विस्तार गरिएको छ। सप्लायर्सका प्रोप्राईटर (डिलर )कृष्ण देव साहको अध्यक्षता तथा मधेस प्रदेशका एरिया सेल्स म्यानेजर नितेश कुमार झाको प्रमुख आतिथ्यतामा शाखा विस्तार तथा पेन्टर भेटघाट कार्यक्रम मलंगवामा सम्पन्न भयो।

कार्यक्रममा शाखा स्थापना पश्चात् जिल्लाका अन्य स्थानहरूमा पनि डिलर विस्तार गर्ने योजना रहेको जानकारी प्रोप्राइटर राहुल कुमार साहले दिए। मलंगवामा पहिलो पटक शाखा विस्तारसँगै जिल्लाभरबाट ६० भन्दा बढी पेन्टस व्यवसायी तथा पेन्टरहरू सहभागी भएका थिए।

उच्च गुणस्तर, टिकाउपन र ग्राहक विश्वासका कारण टाटा पेन्टस बजारमै लोकप्रिय रहेको बताउँदै एरिया म्यानेजर झााले रंगको सही प्रयोग, मापदण्ड र ग्राहकमैत्री सेवामा ध्यान दिन आग्रह गरे।

कार्यक्रम मलंगवा–२, स्थित कुसुम पार्टी प्यालेसमा बिहीवार सम्पन्न भएको हो।