शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता दीपक कुमार मिश्र र अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीलाई समानुपातिक सांसद उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको हो।

समानुपातिकतर्फ दीपक कुमार मिश्र मधेस समूहबाट सिफारिस भएका छन्। त्यसैगरी, सुन्दर रायमाझी खस–आर्य समूहबाट समानुपातिक सांसद उम्मेदवारका रूपमा सिफारिस भएका हुन्। विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म निरन्तर सक्रिय रहँदै आएका रायमाझीलाई पार्टीले अनुशासित, वैचारिक रूपमा सशक्त तथा संगठनात्मक क्षमता भएका युवा नेताका रूपमा लिएको छ। युवाको राजनीतिक सशक्तीकरण, संगठन विस्तार र वैचारिक प्रशिक्षणमा उनको योगदान उल्लेखनीय रहेको पार्टीको ठहर छ।

साथै, रायमाझी आर्थिक विश्लेषकसमेत रहेका छन्। आर्थिक तथा वित्तीय क्षेत्रमा उनको अनुभव र अध्ययनले पार्टीको नीति, कार्यक्रम तथा आर्थिक दृष्टिकोणलाई अझ व्यवहारिक, समसामयिक र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ।