सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित संग्रामपुर नाकाबाट प्रहरीले मासुसहित एक युवक र एक महिलालाई नियन्त्रणमा लिएको छ।

शनिवार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०४–००१ प १३८५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा उक्त मासु फेला परेको हो। मोटरसाइकल जिल्ला महोत्तरीको गौशाला नगरपालिका–७, जयसपुर निवासी अन्दाजी १९ वर्षीय समी अंसारीले चलाइरहेका थिए भने पछाडि उनकी हजुरआमा अन्दाजी ६० वर्षीया सोग्रा खातुन सवार थिइन्।

नियमित चेकजाँचका क्रममा सोग्रा खातुनले प्लास्टिकको झोलाभित्र लुकाइछिपाई ल्याएको करिब २ केजी मासु फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिएका छन । मासु, मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा  राखिएको छ । फेला परेको मासु कुन जनावरको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको डिएसपी  राईले बताउनुभयो ।