जनकपुरधाम – मधेश प्रदेश सरकारले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयअनुसार, मधेश प्रदेशलगायत देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिसाथ मनाउने रविदास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

यस निर्णयअनुसार मिति २०८२/१०/१८ गते आइतबार मधेश प्रदेशभर सार्वजनिक बिदा रहने गृह, सञ्चार तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

सम्बन्धित सबैमा जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।