राष्ट्र निर्माण दल नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं। ३ का उम्मेदवार डा। मिनाक्सी ठाकुर ९जनता समाजवादी पार्टी नेपाल०लाई समर्थन गर्ने निर्णय गरेको छ। दलले डा। ठाकुरलाई “उच्च शिक्षित महिला र मधेशकी होनहार छोरी” भनी उल्लेख गर्दै सहयोगको निर्णय गरेको हो।

अन्य क्षेत्रमा राष्ट्र निर्माण दल नेपाल र जसपा नेपालबीच प्रतिस्पर्धा जारी रहने जनाइएको छ। साथै, दलले आफ्ना समर्थकलाई “पानीको बोतल” चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेको छ।

यो निर्णय दलका प्रवक्ता अफरोज मंसुरद्वारा जारी विज्ञप्तिमा सार्वजनिक गरिएको हो।