नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत सर्लाहीमा दलित बालबालिकाको शैक्षिक सुधारका लागि अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

बिहीबार मलंगवा नगरपालिका–५, भाँडसरस्थित वडा कार्यालय नजिक सम्पन्न कार्यक्रम संघको जिल्ला शाखा सर्लाहीले आयोजना गरेको हो। कार्यक्रममा अधिवक्ता राजेश पासवानले अध्यक्षता रहेको थियो।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मो. जुल्फकार अली, CWS अध्यक्ष सुन्दर श्याम राय, शिक्षक कामेन्द्र महरा, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रम अधिकृत गोविन्द पासवानद्वारा सञ्चालित कार्यक्रममा बालबालिकालाई नियमित विद्यालय पठाउने, शैक्षिक सामग्री उपलब्ध गराउने, मोबाइलको अनावश्यक प्रयोग रोक्ने, पारिवारिक सद्भाव कायम राख्ने तथा विद्यालयमा पठनपाठनको अवस्थाबारे जानकारी लिनुपर्ने विषयमा अभिभावकमाझ छलफल गरिएको थियो।

कार्यक्रममा तय गरिएका योजनाहरुलाई साउन २ गतेदेखि कार्यान्वयनमा लैजाने निर्णय गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिनुभयो।