देश आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको बेला पनि राजश्री सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेड सर्लाही देशकै नम्बर–१ सहकारी संस्था बन्न सफल भएको छ।

मधेश प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री सञ्जय यादवका अनुसार संस्थाले हाल ९० करोड ८७ लाख रुपैयाँ शेयर पूँजी, २२ अर्ब ३३ करोड ८८ लाख निक्षेप संकलन, १५ अर्ब ३४ करोड ४ लाख ऋण लगानी र १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यसको घोषणा राजश्रीको २५औँ वार्षिक साधारण सभाका अवसरमा गरिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले २५ हजार रुपैयाँ पूँजीबाट सुरु भएको संस्था आज ९० करोड नाघेको भन्नु भयो। मुख्य प्रबन्धक राजनहरि श्रेष्ठले राजश्रीले देशभर १४ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो। सरबधिक निक्षेप संकलनकर्ताहरूलाई समारोहमै सम्मान गरियो ।

  • जनकपुर सेवा केन्द्रका सुनिल प्रसाद सिंह – प्रथम

  • मलंगवा सेवा केन्द्रका खुशी लाल राय – द्वितीय

  • लहान सेवा केन्द्रका लिलेश्वर भगत – तृतीय

उनीहरुलाई कदर–पत्र तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा मलंगवा जेसिजका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिए। राजश्रीको साधारण सभा शनिबार मलंगवा पार्टी प्यालेसमा सम्पन्न भएको हो।