सर्लाही निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहेक अन्य कुनै पनि दल प्रतिस्पर्धामा नरहेको जसपा नेपालका नेताहरूले दाबी गरेका छन्।

आज सम्पन्न क्षेत्रीय बैठकले यस्तो निष्कर्ष निकालेको हो। जसपा नेपाल जिल्ला अध्यक्ष रणधिर यादवको अध्यक्षतामा बसेको बैठकमा कौडेना गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेता रामप्रसाद यादव, कविलासी नगरपालिकाका पूर्व प्रमुख तथा नेता कौशल राय, क्षेत्र नं. २ का उम्मेदवार भरत चौधरी, क्षेत्र नं. १ का उम्मेदवार रामप्रकाश चौधरीलगायत पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मलंगवा नगरपालिका–१० स्थित नारायण धर्मशालामा सम्पन्न बैठकको सञ्चालन मिथलेश यादवले गर्नुभएको थियो।