मलंगवा । रोयल कप मलंगवाको छैठौँ वार्षिक उत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। रोयल कप मलंगवाका निर्देशक विजय कुमार यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मलंगवा नगरपालिका–९ का वडा अध्यक्ष चन्देश्वर राय,  रोयल कप मलंगवाका कार्यक्रम संयोजक अमित शर्मा, कानुनी सल्लाहकार अधिवक्ता राजेश पासवान, वरिष्ठ सल्लाहकार प्रभांस साह, सोहन झा, श्री आधारभूत प्राविका प्रधानाध्यापक सन्तोष कर्ण, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैमुल हुसैन, ‘We Care We Can’ का अध्यक्ष लक्ष्मण यादव, विवेक पासवान लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा रोयल कप मलंगवाको चौथो अध्यक्ष पदका लागि अजित कुमार साहलाई सर्वसम्मत रूपमा चयन गरिएको आयोजक रोयल कप मलंगवाले जनाएको छ। कार्यक्रम मलंगवा नगरपालिका–१० स्थित आवासीय ब्राइट फ्युचर विद्यालयमा आयोजना गरिएको थियो भने शुभकामना आदान–प्रदान कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष अजित कुमार साहले गरेका थिए।

रोयल कप मलंगवाले जिल्लामा नियमित रूपमा क्रिकेट टुर्नामेन्टसहित विभिन्न खेलकुद गतिविधिहरू आयोजना गर्दै आएको छ। छैठौँ वार्षिक साधारण सभा तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सफल भएकोमा सम्पूर्ण समिति पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रममा वक्ताहरूले खेलकुदको महत्वमाथि प्रकाश पार्दै खेलकुदको माध्यमबाट समाज निर्माण सम्भव रहेको उल्लेख गर्दै सम्बन्धित निकायहरूलाई रोयल कप जस्ता संस्थालाई सशक्त बनाउन सहयोग गर्न आग्रह गरिएको थियो ।