सर्लाही, जेठ ६ — रबिन्द्रनाथ पौडेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५, मिति २०८३/०२/०१ गतेको पत्रादेशअनुसार सर्लाही सरुवा भई आउनुभएका एसपी पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि उहाँले सर्लाही जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था तथा वस्तुस्थितिबारे जानकारी लिनुका साथै कार्यरत वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन तथा सम्बोधन गर्नुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।