मधेश प्रदेश सरकारले नयाँ वर्ष २०८२ सालको प्रारम्भमा विशेष सार्वजनिक विदाको घोषणा गरेको छ। प्रदेश सरकारद्वारा जारी सूचनाअनुसार, २०८२ साल वैशाख २ गते मंगलबारको दिन सिरुवा पर्व को अवसरमा सम्पूर्ण मधेश प्रदेशमा सार्वजनिक बिदा हुनेछ।

यस निर्णय अनुसार, सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू उक्त दिन बन्द रहनेछन्। सिरुवा पर्व मधेश क्षेत्रको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो, जुन पारम्परिक रूपमा नयाँ वर्षको स्वागतस्वरूप मनाइन्छ।

सूचना गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेशका शाखा अधिकृत दिपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित छ।