सर्लाहीको चन्द्रनगर गाउँपालिका एचपिभी खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । शनिबार दिउँसो चन्द्रनगर गाउँपलिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सर्लाही जिल्लमा पहिलो चरण अन्तर्गत यहीँ माघ २३ गते देखि २९ सम्म जिल्लाका ११ ओटा पालिकामा खोप अभियान सुरु हुँदैछ । एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनका लागि समुदाय स्तरमा विभिन्न जनचेतना मुलक प्रचारप्रसार थालिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

महिलामा देखिएको पाठेघर क्यान्सर गम्भीर रोग भएकाले समयमा रोग लाग्नबाट बच्नका लागि एचपिभी खोप लगाउनु पार्ने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । साथै उहाँले लक्ष्ति उमेर समुह किशोरीलाई समयमै खोप लगाउन अनुरोध गर्नुभयो ।

कार्यक्रमका स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले चन्द्रनगर विभिन्न वडा र बिधालयहरुमा माघ २३ गते देखि २९ सम्ममा १ हजार ४ सय ७ जना किशोरीलाई खोप दिइने लक्ष्य लिएको जानकारी दिनुभयो । विधालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मको किशोरी तथा विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एचपिभी खोप लगाइने स्वास्थ्य प्रमुख चौधरीले बताएका छन् ।

विश्वमा २०३० सम्म ७ लाख पाठेघरको मुखको क्यान्सर रोगी हुने अनुमान गरिएको छ। हरेक वर्ष २१६९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १३ सय १३ जनाको हरेक वर्ष मृत्यु हुने गरेको छ ।

स्वास्थ्य शाखाले आयोजना गरिएको कार्यक्रममा अधिकृत कृष्ण प्रसाद आचार्य ,स्वास्थ्य शाखा प्रतिनिधि राजेश यादव,शिक्षा शाखा प्रतिनिधि देन कुमार महतो,वडाध्यक्षहरु,लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।